सुनको मूल्यमा सामान्य घिरावट
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँ घटेको छ ।
घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख ५०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनेको तुलनामा तोलामा ३ सय रुपैयाँले नै घट्दै ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै चाँदीकाृे मूल्य १० रुपैँयाले घटेर प्रतितोला एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य अघिल्लो दिन प्रतितोला एक हजार ३६० रुपैँया तोकिएको थियो ।