स्थानीय तह निर्वाचन : माओवादी केन्द्र काभ्रेले टुंग्यायो उम्मेदवार

काभ्रे : स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले काभ्रेले प्रमुख र उपप्रमुखको उम्मेदबारको टुंग्गो लगाएको छ । जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १३ वटा स्थानीय तह छन् । सत्ता साझेदार दलको गठबन्धनको निर्णय अनुसार जिल्लाको १३ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा अध्यक्ष र ५ वटा स्थानीय तहमा उप–प्रमुख/उपाध्यक्षको उम्मेदवारी पाएको छ ।

जस अनुसार महाभारत गाउँपालिकाको अध्याक्षमा कान्छालाल जिम्बा, खानीखोला गाउँपालिकाको अध्याक्षमा इन्द्रबहादुर थिङ, भुम्लु गाउँपालिकाको अध्याक्षमा प्रेमबहादुर भुजेल र चौरीदेउराली गाउँपालिकाको अध्याक्षमा रेणु चौलागाईलाई उम्मेदवारी दिने निर्णय भएको छ ।

त्यस्तै उप प्रमुख पदमा १ नमोबुद्ध नगरपालिकामा रत्न लामा, पाँचखाल नगरपालिकामा चेतप्रसाद गौतम, रोशी गाउँपालिकामा मिमबहादुर वाइवा, तेमाल गाउँपालिकामा दलमान लामा र बेथानचोक गाउँपालिकामा तारा राना तिमल्सिनालाई उम्मेदवारी दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस