काभ्रेमा नेपाली काँग्रेसले टुंग्यायो उम्मेदवार
काभ्रे : वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेस उम्मेदवार टुंग्याएको छ । निर्वाचनका लागि सत्ता साझेदार दलहरुबीच गठबन्धनको निर्णय अनुसार काभ्रेका १३ स्थानीय तह मध्ये ७ स्थानीय तहको प्रमुख पद नेपाली काँग्रेसले पाएको छ ।
स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेसको भागमा प्रमुखका लागि ४ वटा स्थानीय परेको छ । जहाँ बनेपा नगरपालिकामा शान्तीरत्न शाक्य, पनौती नगरपालिकामा रामशरण भण्डारी, पाँचखाल नगरपालिकामा महेश खरेल र नमोबुद्ध नगरपालिकामा कुन्साङ लामालाई उम्मेदवारी दिइएको छ ।
त्यस्तै गाउँपालिकाको अध्यक्ष पदमा ३ वटा स्थानीय तह काँग्रेसको भागमा परेको छ जहाँ रोशी गाउँपालिकामा दिनेश लामा, तेमाल गाउँपालिकामा चन्द्रबहादुर लामा र बेथानचोक गाउँपालिकमा भगवान अधिकारीलाई उम्मेदवारी दिने निर्णय गरिएको छ ।
गठबन्धनको निर्णय अनुसार उप–प्रमुख/उपाध्यक्ष पदका लागि नेपाली काँग्रेसले जिल्लाका ५ स्थानीय तह नेपाली काँग्रेसले पाएको छ । जहाँ धुलिखेल नगरपालिकामा निराजन जंगम, मण्डनदेउपुर नगरपालिकामा विष्णुमणि नेपाल, भुम्लु गाउँपालिकामा जितेन्द्रमान तामाङ (दाबा), खानीखोला गाउँपालिकामा दोेर्जेमान जिम्बा र महाभारत गाउँपालिकामा सागर मोक्तानलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।