काभ्रे : स्थानीय तहको निर्वाचन संघारमै छ । निर्वाचन नजिकिएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ । जिल्लाका विभिन्न पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । त्यस्तै धुलिखेल नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले बाजागाँजा सहित नगर परिक्रमा गर्दै उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
नगरपालिकाको अशोक ब्याञ्जु श्रेष्ठ र उपप्रमुखमा लालतारा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । नगर प्रमुख र उप प्रमुख सहित सबै वडाका अध्यक्ष तथा सदस्यले मनोनयन दर्ता गराएका हुन् । उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।























