धुलिखेल काँग्रेसका सभापति बस्नेतद्वारा नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिकामा नेपाली काँग्रेस धुलिखेलका नगर सभापतिले नगर प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । वैशाख ३०मा हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेमा सत्ताधारी दलहरुको बीचको बैठकले गरेको गठबन्धनको निर्णयपछि धुलिखेलमा नेपाली काँग्रेस असन्तुष्ट भएको थियो ।

नगरप्रमुख नेकपा (एकीकृत समाजवादी)लाई दिएपछि धुलिखेल कांग्रेसमा विद्रोह भएको छ । यसका साथै नेपाली कांग्रेसमा नवप्रवेशी निरञ्जन जंगमलाई उपप्रमुखमा उम्मेदवारी दिएपछि धुलिखेल कांग्रेसमा विद्रोह भएको हो ।

गठबन्धनको निर्णय नमान्ने भन्दै नगरसभापति बिदुर बस्नेतले नगर प्रमुखका लागि स्वतन्त्र उम्मेदवार दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस