हर्ष, उमंग र जोशका साथ पनौतीमा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता
सोमबार, बैशाख १२, २०७९ | २१:५५:१०

काभ्रे : स्थानीय तहको निर्वाचनको लागि जिल्लामा चुनावी गतिविधि तिव्र रुपमा अघि बढेको छ ।
दलहरु उम्मेदवार छनोटसँगै मनोनयन दर्तामा व्यस्त भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा मनोनयन दर्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । त्यस्तै जिल्लाको पनौती नगरपालिकामा पनि स्थानीय तहका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
बाजा र र्यालीका साथ नगर परिक्रमा गर्दै उम्मेदवारहरुले मननोयन दर्ता गराएका हुन् । हर्ष, उमंग र जोशका साथ उम्मेदवारहरुले आज नगरको निर्वाचन अधिकृतको कार्यालयमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमालेबाट नगर प्रमुखका लागि भिम न्यौपाने, उप–प्रमुखका लागि गीता बन्जारासहित पनौतीका सबै वडाका अध्यक्ष र वडा सदस्यले मनोनयन दर्ता गराएका हुन् ।