बेथानचोक–१ को वडा अध्यक्षमा पत्रकार तिमिल्सनाको उम्मेदवारी दर्ता

काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा पत्रकार मधुसुधन तिमिल्सनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट गाउँपालिकाको वडा नं १ को वडा अध्यक्षका लागि तिमिल्सनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका तिमिल्सनाले वडाको सम्बृद्धि र सम्मुन्त विकास गर्ने प्रमुख एजेण्डा सहित वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् । पत्रकारिता क्षेत्र मात्र नभएर पछिल्लो समय उनले राजनितिक क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

सामाजिक एवं विकास निमार्ण कार्य सक्रिय रहेका तिमिल्सनाले वडाको कुशल नेत्तृत्व गर्न सक्षम भएकाले पनि वडा अध्यक्षमा जित हासिल गर्ने विश्वास बढेको पार्टी निकट जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस