गाउँदेखि सहर : बनेपामा एमालेको चुनावी लहर
काभ्रे : वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको बनेपा नगरपालिकामा नेकपामा एमालेले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भए लगत्तै आजबाट बनेपामा एमालेले घरदैलो कार्यक्रम सुरु गरेको हो ।
बनेपा नगरपालिकाको वडा नं १ बाट एमालेले घरदैलो कार्यक्रम सुरु गरेको हो । चुनावी प्रचार–प्रसारसँगै वडाका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिन बनेपा नगरपालिकाका प्रमुखका उम्मेदवार रत्नकुश रंजित, उप–प्रमुखका उम्मेदवार बिमला सापकोटा दाहाल, वडा अध्यक्ष/वडा सदस्यका उम्मेदवार लगायत दलका प्रतिनिधिहरु जनताको घर घर पुगेका थिए ।
पाण्डे गाउँमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार जनप्रतिनिधिहरुले अबको निर्वाचमा यस वडाबाट नेकपा एमालेलाई जिताउन आग्रह गर्दै उक्तल क्षेत्रको बाटो, खानेपानी , कृषिमा क्षेत्रलाई प्राथमिकतामा राखेर विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।