सवारी ज्यान मुद्दामा फरार रहेका पाँचखालका विशाल ६ वर्षपछि पक्राउ
बुधबार, बैशाख १४, २०७९ | २०:४०:५३
काभ्रे : सवारी ज्यान मुद्दामा फरार रहेका जिल्लाको पाँचखालका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नं २ स्थित अनेकोटका २७ वर्षीय बलराम भनिने विशाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
श्रेष्ठलाई सवारी ज्यान मुद्दामा २०७३ जेष्ठ १३ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतले २ वर्ष कैद र २ हजार रुपैँया सजाय फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई प्रहरी वैशाख १४ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।