कांग्रेसका सिपाही : जो बनेपा हाँक्न आतुर छन

काभ्रे : बनेपा नगरपालिकाको मुहार फेर्ने उद्देश्य अनुरुप अघि बढ्दै छन् शान्तिरत्न शाक्य । बनेपा नगरपालिकाको सम्वृद्दी अनि समग्र बिकासको लागि आसन्न स्थानीय निर्वाचनमा बनेपा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । आम बनेपाबासीको आँखामा बस्न सफल शाक्यले नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका हुन् । बनेपाको नेतृत्वको अभिभारा सुम्पन योग्य मेयरको रुपमा उनलाई चित्रित गरिन थालिएको छ बनेपामा । नेपाली काँग्रेस पार्टीमा शाक्यले आफ्नो उर्वर समय खर्चदैँ आएका छन् ।

बनेपाका लोकप्रिय नेता शान्तिरत्न शाक्यले आफु मेयरमा विजयी भइ बनेपाको मुहार फेर्ने संकल्प बोकेको बताए । बनेपा शहरका स्थायी बासिन्दा उनि ब्यबसायी पनि हुन । साथै कांग्रेसका प्रतिबद्ध सिपाही । काभ्रे जेसिसको नेतृत्व समालिसकेका शाक्य तत्कालिन बनेपा नगर वडा नम्बर ९ का वडा अध्यक्ष भएर जनप्रतिनिधिको अनुभव पनि छ । उनलाई काङ्ग्रेस नेता कन्चनचन्द्र बादेको साथ छ पूर्व सभापति मधु आचार्यको आशिर्वाद छ। सामाजिक संस्था मार्फत समाज सेवामा समेत उतिकै योगदान दिएका शाक्य २० वर्षको किशोरावस्थामा नै ‘शासन विधिको हुनुपर्छ, व्यक्तिको होइन’ भन्ने नारा बोकेको सामाजिक इज्जत एवं प्रतिष्ठा भएको संस्था बनेपा जुनियर जेसिजमा अध्यक्ष बनेका थिए । २३ वर्षको उमेरमा २०४६ सालमा नेपाली काँग्रेसको सदस्य लिएर बनेपा नगर समितबाट सक्रिय राजनीतिमा होमिएका शाक्य बनेपाली माझ भिजेको व्यक्तित्व हुन् ।

नगरलाई बलियो बनाउनका लागि आफुले ३६ वर्षभन्दा लामो समय मेहनत गरेको बताउने शाक्यले नेपाली काँग्रेसका विभिन्न तह र तप्काहरूमा रहेर कुशलतापूर्वक संगठन हाँक्नका लागि निक्कै मेहनत गरेको देखिन्छ ।

२०४८ सालमा काँग्रेस बनेपा नगर कार्यसमितिको सदस्य, २०५२ मा काभ्रे क्षेत्र नं। २ समितिको क्षेत्रीय कोषाध्यक्ष, २०५७ मा काभ्रे क्षेत्र नं। २ समितिको क्षेत्रीय उपाध्यक्ष र २०७२ मा बनेपा नगर कार्यसमितिको उपाध्यक्ष रहिसकेका छन् । पार्टीको १०औं राष्ट्रिय महाधिवेशनदेखि पार्टीका हरेक क्रियाकलापहरूमा सक्रिय सहभागिता र रचनात्मक भूमिका खेल्दै आएका उनले २०७३ सालमा आयोजित नेपाली काँग्रेसको प्रथम नगर सभापति सम्मेलनमा संयोजकको भूमिकामा कुशलतापूर्वक निभाइ सम्पन्न गरेका थिए ।

जेसिजको जस्तै नेतृत्व हस्तान्तरण हुने परम्परालाई शाक्यले पार्टीको बनेपा नगर सभापतिको निर्वाचनमा समेत देखाए । उनले पार्टीमा सँगै काम गरेका महेश कर्मचार्यसँग नगर सभापतिमा झिनो मतान्तरले पराजय हुँदा समेत शाक्यले किञ्चित पराजित भाव नदेखाइ विजयी कर्माचार्यलाई बधाई दिएका थिए । त्यस बखत विवादित मत बदर गर्ने प्रस्तावले शाक्यले पराजय व्यहोरेको काँग्रेसवृत्तमा अहिले पनि चर्चा चल्ने गरेको छ । प्राविधिक कारणले निर्वाचनमा पराजित हुँदासमेत व्यक्तिभन्दा पार्टीलाई मजबूत बनाउनु पर्छ भन्ने उनमा दृढ रहेको थियोे ।

त्रिभुवन विश्वविद्यालयबाट म्यानेजमेन्टमा स्नातक गरेका शाक्य व्यापारिक परिवारका हुन् । जेसिज हुँदै नेपाली काँग्रेसको राजनीति र थुप्रै सामाजिक संघसंस्थाहरूमा आवद्ध उनी पार्टीप्रतिको लामो समयको जिम्मेवारी र बफादारिताले शालीन र भद्र नेताको रूपमा पार्टीपंक्ति र जनमानसमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस