सोमबार, बैशाख ०७, २०८३
जनताको भावनालाई पूरा गर्छु : तारा राना तिमल्सिना

काभ्रे : बेथानचोकमा नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष पदमा मनोनयन दर्ता गरेकी तारा राना तिमल्सिनाले विकासका लागि जनताको अपेक्षा अनुसार काम गर्ने बताईन । उम्मेदवारी मनोनयनसँगै इपाना नेपालसँग कुरा गर्दै ताराले यस्तो बताएकी हुन ।

उनले जनताले अपेक्षा गरे अनुसारको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताईन । उनले भनिन-‘बेथानचोकको बिकासमा नयाँ आयाम थप्ने अवसरको लागि सम्पूर्ण बेथानचोकबासी जनताहरुको साथमा छु ।’ माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेकी ताराले आफ्नो क्षेत्रको विकास गर्न थुप्रै विकासका नीतिहरु अघि सारेका छन् ।

उनले बेथानचोकका जनताको लागि आफूले हरेक तबरले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । इपानासँग कुराकानी गर्दै उनले जनताका सामान्य जनजीवनलाई सहज पार्ने र बेथानचोको विकासमा सकेको योगदान दिनको लागि आफूले उम्मेदवारी दिएको बताईन । चुनावनजिकै आहिरहँदा उनी चुनाव प्रचार—प्रसार र घरदैलोमा व्यस्त बनेका छन् ।

उनि भन्छिन, ‘विकास निर्माणको काम देश र संरचनाले माग गरेअनुसार गर्ने हो ।” स्थानीयको समस्या बुझ्ने नेता नभएको कारण आफू स्थानीयबासीका समस्या समाधानमा हातेमालो गर्नकै लागि चुनावी प्रतिस्पर्धामा होमिएको दाबी गर्छिन उनी । सरकार लामो समयसम्म नटिकेकै कारण देशले विकासमा गति लिन नसकेको ताराको बुझाइ छ । सरकारको आयु छोटो हुँदा जनताको समस्या बुझ्ने मौका नहुने भएकाले आफ्नो कार्यकालमा कुनै पनि सरकारलाई अवरोध आउन नहुने उनि बताउँछिन । यसका लागि कम्तीमा पनि पाँच वर्षसम्म सरकार टिक्ने वातावरण बनाउनुपर्ने उनको राय छ । यदि यसो भए मात्र जनताका कथाव्यथा सरकारले राम्रोसँग सुन्न र समाधान गर्नसक्ने तारा बताउछिन । बहुमत आउँदा मात्र सरकारले विकास गर्नसक्ने मानसिकता बोकेका यी उम्मेदवार स्थायित्व, समृद्धि, दिगो विकास र अधिकारसम्पन्न जनता नै देशविकासको मेरुदण्ड भएको उनको भनाइ छ । यसका लागि पार्टी÷गठबन्धनको बहुमत आउनैपर्ने बताउँछिन तारा ।

सर्वसाधारण जनतालाई जस्तै उनलाई पनि नेताहरुको भोट माग्ने र जितेपछि फर्केर नहेर्ने प्रवृत्ति देख्दा दुःख लाग्छ । मुखले मात्र हैन कामले गरेर देखाउने अवसर पनि हो चुनावको जित । त्यसैले उनी चुनावमा जित हासिल गरेर देखाइदिने बताउँछिन ।

निर्वाचित भएपछि सुरुमा नै प्रतिबद्धता पूरा गर्ने लाग्ने उनको ध्येय छ । अरु नेताभन्दा फरक किसिमको राजनीति गर्ने दाबी गर्दै उनी भन्छिन, ‘आफू नागरिकको बीचमा जाने, छलफल गर्ने र सकारात्मक प्रभाव पार्नेछु ।’ व्यवस्थित र योजनाबद्ध गाउँ निर्माणमा ध्यान दिने बताउने उनको बाँकी लक्ष्य भनेको समृद्धि, उद्योग विस्तार, रोजगारी सृजना, ग्रामिण पर्यटनकशध विकास, युवाको वैदेशिक पलायन रोक्न तथा महिलालाई आर्थिक उन्नतिमा ल्याउन विशेष योगदान गर्ने लक्ष्य छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय