
काभ्रे : जिल्लाको रोशी गाउँपालिकाको कटुन्जेबेसीमा बोलेरो गाडी दुर्घटनामा भएको छ । बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार १३ जना घाइते भएका छन् ।
सिन्धुलीबाट काठमाण्डौतर्फ आउँदै गरेको बा १३ च ७०६४ नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना भएको बताईएको छ । दुर्घटनामा परि एकजना गम्भीर घाईते भएका छन् । घाइते हुनेमा रोशी गाउँपालिका वडा नं ११ का ४ वर्षिय सौगात तामाङ,सोही वडाका २३ वर्षिय राम कुमार तामाङ,५५ वर्षिया सर्मिला लामा,८ वर्षिया करिमा रायमाझी रहेका छन् ।
त्यस्तै, ६० वर्षिया गौरीमाया श्रेष्ठ, रोशी १० का ५१ वर्षिय नवराज,२५ वर्षिया ठूलीमाया तामाङ, ३० वर्षिया सुन्तली वाइवा,६५ वर्षिय अञ्जलीमाया मोक्तान, ३६ वर्षिया शाहदेन मोक्तान र रोशी ३ का ५५ वर्षिय रण बहादुर राणा रहेका छन् । एक जनाको भने पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
बोलेरो गाडी सडक बाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिएका छन् ।