आशिर्वाद लिन घर-घरमा पुग्दै बादे

काभ्रे : स्थानिय निर्वाचन नजिकीदै गर्दा यति बेला सबै दलहरु घर दैलोमा ब्यस्त छन् ।

यही बैशाख ११ र १२ गते मनोनय दर्ता सगै स्थानिय तहको निर्वाचनले सबै पार्टीलाई यति खेर जनताको घर आँगनामा पुगिर भोट माग्ने र आर्शिवाद लिने काम शुरु भएको छ । यस्तै अभियानमा जुटेका छन् बनेपा नगरपािलका वडा नं. ९ का सबैका प्रिय, बनेपालीहरुको मन मुटुमा बस्न सफल ब्यक्ति नृपेश वादे । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि वडा नं. ९ मा नेपाली काग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवारी सगसगै यति बेला वादे घर घर गई आर्शिवार्द सगै भोट माग्न शुरु गरेका छन् ।

उनले आफुले चुनाव जिते आफुले वडा अध्यक्षको तलब भत्ता बापतको सबै रकम बृद्ध बृद्धाको स्वास्थ्य उपचारमा खर्च गर्ने भन्दै वडाका बृद्धाआश्रममा गई बृद्धबुबाआमाहरुबाट आशीर्वाद लिदै घरदैलो कार्यक्रम शुरु गरेका छन् । विद्यार्थी काल देखि नै राजनितिमा होमिएका वादेले करीब दुई दशक नेपाली काँग्रेसका लागि योगदान दिदै नेवि संघ काभ्रेको अध्यक्ष समेत भईसकेका छन् । आफ्नो नगर र वडाको विकासका लागि अब नेतृत्व लिए अगाडि बढ्ने सोचमा वडा अध्यक्षका लागि आफु उठेको बताए ।

यस वडा नं. ९ मा सबैको साथ र सहयोग कै कारणले गर्दा आफू वडा अध्यक्ष उठेको बताउछन् । टोल विकास नभई नगर हुन् र आफू जतिको युवा अब राजनितीमा नआए नगर र वडाको विकास हुन् भन्ने लागेर सबै वडा बासीको साथ र सहयोगमा आफू यस वडाको लागि वडा अध्यक्षमा उम्मेदवारी दिएको वादेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस