सारथी बहुउद्देश्यीय सहकारीको सेवा केन्द्र अव मण्डनदेउपुरमा

काभ्रे : सारथी बहुउद्देश्यीय सहकारी संस्था लि. धुलिखेल ३, काभ्रेले आफ्नो सेवा विस्तार गर्नका लागि मण्डनेदेउपुर नगरपालिका स्थित वडा नं ७ मा सेवा केन्द्र उद्घाटन गरेको छ । राष्ट्रिय सहकारी महासंघ लि. नेपालका सञ्चालक समिति सदस्य श्री डि. बि बस्नेतको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको उद्घाटन भएको हो ।

मण्डनदेउपुर नगरपालिका रहेको समता बहुयद्देश्यीय सहकारी सस्था लि.सँगको एकिकरण गरी सबै खालका प्रकृया पुरा गरी सेवा केन्द्र सञ्चालन गरेको हो । संस्थाका अध्यक्ष तथा जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोहि स्थानमा भएका शेयर सदस्य, नगरपालिकाका सहकारी बिभमगका संयोजक तथा वडा नं ७ का वडा अध्यक्ष श्री नारायण लम्साल सहितको उपस्थित रहेको थियो भने स्थानीय रुपमा रहेका विभिन्न सहकारी संस्थाहरुको सहभागितामा भब्य रुपमा कार्यक्रम भएको हो ।

सारथी बहुउद्देश्यीय सहकारी संस्था लि. ले सेवा केन्द्र सँगै स्थानीयस्तरमा सारथी मार्टको रुपमा सुपथ मूल्य पसल समेत सञ्चालनमा ल्याएको छ । शेयर सदस्य तथा स्थानीय समुदायमा सस्तो तथा शुलभ तरीकाले विभिन्न खाद्यान्न तथा दैनिक आवश्यकताका सामानहरु उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको उक्त कायृक्रमको उद्घाटन आजै प्मुख अतिथी डि.बि बस्नेतले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी डि.बि. बस्नेतले बहुउद्देश्यीय सहकारी संस्था भएकाले सदस्यहरुको आवश्यकताका आधारमा सेवा विस्ता गर्नुपर्ने र सहकारी संस्थाहरुको सिद्धान्त अनुसार नै संस्था चलनु र चलाउनु पर्नेमा जोड दिनुभएको थियो भने संस्थाका अध्यक्ष दिलिप शर्माले यस संस्थालाई स्तरीय रुपमा नीति विधि र प्रविधिमा आधारित बनाई नमूना संस्थाको रुपमा सञ्चालन गर्नका लागि आफुहरुसँग विभिन्न खालका योजनाहरु रहेको र उक्त कार्यहरु गर्नका लागि स्थानीयस्तरबाट शेयर सदस्यहरुको सहयोग र सल्लाह आवश्यक रहेको जानकारी गराउनु भएको हो ।

सारथी बहुउद्देश्य सहकारी संस्थाको यो सहित अन्य स्थानमा गरी ४ वटा सेवा विस्तारका सेवा केन्द्रहरु सञ्चालन हुदै आइरहेका छन् भने २०७२÷०७३ मा स्थापना भई सञ्चालनमा आउको यस संस्थाले हालसम्म २४ करोडको पूलपूजी निर्माण गरिसकेको छ भने शेयर लाभांशको रुपमा पनि १५ प्रतिशत वितरण गर्न सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस