धुलिखेलमा प्रमुखका लागि काँग्रेसका नगर सभापति बस्नेतको बागी उम्मेदवारी कायमै

काभ्रे : स्थानीय तहको निर्वाचनका लागि जिल्लाको धुलिखेल नगरपालिकाको प्रमुखका लागि नेपाली काँग्रेस धुलिखेलका नगर सभापति बिदुर बस्नेतले दिएको बागी उम्मेदवारी कायमै रहेको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिने समय शुक्रबार अपरान्ह ५ बजेसम्मको लागि तोकेको थियो । अवधिसम्म नगर सभापति बस्नेतले दिएको बागी उम्मेदवारी उक्त सयम फिर्ता लिएका छैनन् । शिर्ष नेताहरुले बस्नेतलाई उम्मेदवारी फिर्ता लिन बस्नेतलाई दबाब दिइरहे पनि बस्नेतले उम्मेदवारी फिर्ता नलिएका हुन् ।

धुलिखेलमा गठबन्धनबीच कुरा नमिल्दा चुनावी परिणाममा ठूलो फेरबदल आउने देखिएको छ । काभ्रेमा गठबन्धन भएसंगै धुलिखेल नगर प्रमुख नेकपा एकिकृतको भागमा परेको थियो । धुलिखेल आफ्नो भागमा पर्नुपर्ने भन्दै आक्रोशित भएका नेता बस्नेतले मनोनयनको अन्तिम दिन स्वतन्त्रबाट उम्मेरदवारी घोषणा गरेर मनोनयन दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस