‘काभ्रेमा उम्मेदवार विरुद्ध पक्राउ पुर्जी जारी भएको छैन’ : काभ्रे प्रहरी
काभ्रे : जिल्लाका कुनै पनि उम्मेदवार विरुद्ध पक्राउ पुर्जी जारी नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । केही दिन अघि उम्मेदवारी चयनको सन्दर्भमा नमोबुद्ध नगरपालिका प्रमुखका उम्मेदवार कुन्साङ लामा र रोशन पाण्डेबिच भएको झगडाको विषयलाई लिएर सामाजिक सञ्जालमा ‘काभ्रेमा उम्मेदवार विरुद्ध पक्राउ पुर्जी जारी’ चर्चा छ ।
सामाजिक सञ्जालमा चर्चा भएको उक्त विषयमा सत्यता नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खविडाले जानारी दिए । उनका अनुसार उक्त विषयलाई लिएर कार्यालयमा पक्राउ पुर्जी जारी भएको छैन । काभ्रेमा अहिलेसम्म कुनैपनि उम्मेदवार विरुद्ध पक्राउ पुर्जी जारी उनले बताए ।
नगरसभापति लामाले केहीदिन अघि उनका प्रतिस्पर्धी रोशन पाण्डेलाई कुटपिट गरेतापनि उनीहरुबिच आजै समझदारी भएको छ । कांग्रेस केन्द्रीय सदस्य गणेश लामा र जिल्ला सभापति तीर्थ लामाको उपस्थितिमा नगरसभापति लामा र पाण्डेबीच समझदारी भएको हो ।