पनौतीमा ९ जनाको उम्मेदवारी फिर्ता
शुक्रबार, बैशाख १६, २०७९ | २०:३८:३९

काभ्रेको : जिल्लाको पनौती नगरपालिकामा ९ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । पनौतीमा विभिन्न दलबाट स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी मनोनयन गराएका ९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
नगर प्रमुख पदका लागि स्वतन्त्रबाट उम्मेदवारी मनोनयन गरेका २ जनाले उम्मेदवारी फिर्ता गरेको पनौती नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विभिन्न दलबाट वडा अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएका अन्य ७ जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेमा अधिकांश स्वतन्त्रबाट उठेका उम्मेदवारहरु रहेका छन् । उनीहरुले आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिने उम्मेदवारको सूचि :