सोमबार, बैशाख ०७, २०८३
बनेपा नगरका मेयर बादेले त्यागे एमाले

काभ्रे :जिल्लाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिङ बादेले नेकपा एमाले पार्टी त्यागेको घोषणा गरेका छन् । आज शनिबार बनेपामा पत्रकार सम्मेलन गर्दै बादेले पार्टी त्याग गरेको घोषणा गरेका हुन् ।

उनले नेकपा एमालेको साधारण सदस्य समेत नरहने घोषणा समेत गरेका हुन् । आफुलाई पाटि बाट धोका दिएको र आम नगर वासीलाई समेत धोका दिने उमेद्वार प्रस्तुत गरेको हुनाले आफ्नो अमूल्य मत नदिन् समेत अपिल गरेका छन् ।

योसँगै मेयर बादेले नगरप्रमुख पदबाट राजीनामा दिने घोषण गरेका छन्। उनले सोमबार नगरपालिका खुलेपछि नगर प्रमुखको पदबाट समेत राजीनामा दिने बताए। ०७४ को निर्वाचनमा बादे एमालेबाट बनेपा नगरपालिका जितेका थिए। टिकटको दाबी रहेका मेयर फेरि टिकट नपाएपछि एमाले पार्टी छाडेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय