धुलिखेल नगर प्रमुखका बागी उम्मेदवार बस्नेतलाई चुनाव चिन्ह ‘जेब्रा’

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिकाको प्रमुखका बागी उम्मेदवार विदुर बस्नेतलाई चुनाव चिन्ह ‘जेब्रा’ प्रदान गरिएको छ । धुलिखेल स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बस्नेतलाई ‘जेब्रा’चिन्ह प्रदान गरेको हो । बस्नेतलाई नगरपालिकाको १२ वाटै वडा कार्यसमितिको समर्थन जनाएको स्रोतको दाबी छ ।

धुलिखेलमा गठबन्धनबीच कुरा नमिल्दा बस्नेतले मेयरको टिकट नपाएपछि बाघी उम्मेद्वावार दिएका थिए । काभ्रेमा गठबन्धन भएसंगै धुलिखेल नगर प्रमुख नेकपा एकिकृतको भागमा परेको थियो ।

धुलिखेल आफ्नो भागमा पर्नुपर्ने भन्दै आक्रोशित भएका नेता बस्नेतले मनोनयनको अन्तिम दिन स्वतन्त्रबाट उम्मेरदवारी घोषणा गरेर मनोनयन दर्ता गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस