बनेपा–५ हाँक्न जोसिए राप्रपाका ५ उम्मेदवार

काभ्रे : स्थानीय तहको निर्वाचनको लागि जिल्लाको बनेप नगरपालिका वडा न ५ मा राष्ट्रिय प्रजान्तिक पार्टी (राप्रपा)बाट पाँच जना जोसिएका छन् । जोश जाँगर र नयाँ भिजनका साथ राप्रपाबाट बनेपा–५को मुहार फेर्न हौसिएका छन् ।

लामो समयदेखि राजनितिक क्षेत्रका क्रियशिल व्यक्तित्व बनेपा नगरपालिका वडा नं ५ मा राप्रपाबाट अध्यक्षका लागि अब्बल उम्मेदवार हरिबोल थापा बनेपाको विकास गर्न अगाडी सरेका छन् ।

बनेपासँगैको वडाको सम्बृद्धि र सम्मुनत विकास लागि राप्रपाबाटै वडा सदस्यमा नरेन्द्र बहादुर थापा, सुदिप थापा, दलित महिला सदस्यमा शान्ता मिजार र महिला सदस्यमा निर्मला खतिवडाले उम्मेदवारी दिएर वडाको विकास गर्ने जमर्को गरेका छन् ।

आफूहरु निर्वाचित भएमा वडामा समातामूलक विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनीहरुले राप्रपाको मतदान चिन्ह हलोमा मतदान गर्न वडाबासी अपिलसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस