काभ्रे : पनौती नगरपालिका पूर्व मेयर भिम न्यौपाने जस्ले पनौतीको जनताको सधै साथ पाए । उनले पाँच वर्षे नगरपालिकाको कार्यकाल सहजरुपमा बिताए । काभ्रेको पनौती नगरपालिका १ देखि १२ वडामा समतामूलक विकासका कार्यक्रमहरु सम्पन्न गरेका थिए ।
न्यौपानेको ५ वर्षे कार्यकालमा धेरै कुराहरुमा परिर्वतन भएको नगरबासीहरु सुनाउँछन् । कृषि, पशुपालन र पर्यटन क्षेत्रमा विकाससंगै संस्कार संस्कृति एवं ऐतिहासिक पहिचान बोकेको जात्रै जात्राको विशेषता भएको नगरको पुरानो सहरको विकासको लागि न्यौपानेको ठुलो योगदान रहेको देखिन्छ ।
मेयर न्यौपानेको कार्यकालमा नगरमा वर्षौदेखि अलपत्र परेका आयोजनाहरुले गति लिएको देन्छि । पुनः निमार्णले आफ्नो गन्तव्य पुरा गर्यो, शिक्षा स्वास्थ्य, कृषि, पर्यापर्यटनको क्षेत्रमा उल्लेख्य परिर्वतन भए, प्राकृतिक सम्पदा, मठमन्दिर, पाटी पौवा, गुम्बा, एतिहासिक पोखरी, पुराना धारा, चोक लगायत सांस्कृतिक सम्पदाले संरक्षण गर्न उनको महत्वपूर्ण भूमिका देखिन्छ ।
जनताको आर्थिक सामाजिक रुपान्तरणका लागि शैक्षिक क्षेत्रमा एउटा क्रान्ती न्यौपानेको कार्यकालमा भएको देखिन्छ । मदन भण्डारी औद्योगिक विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्नभएको छ । पनौतीका अधिकांश विद्यालयहरुको सुविधा सम्पन्न भौतिकपूर्वाधार सहित पुर्नः निमार्ण कार्य सकिएको छ । अधिकांश विद्यालयहरुमा प्रविधि सहितको आइटि ल्याब स्थापनामा जोड् दिएको छ ।
उनीद्वारा भएको कार्य सम्पादनप्रति नगरबासी सन्तुष्ट छन् । नगरबासीको साथ र सहयोग अपेक्षासहित नगरको विकासका लागि मिसन र भिजनका लागि न्यौपाने पुनः अघि बढेका छन् । नगरमा समतामूलक विकास गर्ने अवधाराणा लिएर स्थानीय तहको निर्वाचन २०७९को लागि पनौती नगरपालिकाको प्रमुख पदका लागि न्यौपाने चुनावी मैदानमा उत्रिएका छन् ।



















