नेपाल प्रहरीको आइजिपीमा धिरजप्रताप सिंहलाई नियुक्त

काठमाडौँ : नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा धिरजप्रताप सिंहलाई नियुक्त गरिएको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाईआइजिपीमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

गृह मन्त्रालयको सिफारिसमा सिंहलाई नियुक्त गरेको हो। प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय