भुम्लुमा एमालेद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

काभ्रे : नेकपा एमाले भुम्लु गाउँपालिका कमिटिले स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । चुनावी कार्यक्रमका बिच आज गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेम लामाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

चुनावी घोषणा पत्रमा भुम्लुको शिक्षामा आमुल परिवर्तन गर्ने योजनाहरुलाई समावशे गरिएको छ । आगामि पाँच वर्षमा जनमुखि शिक्षा ,प्राविधिक शिक्षा व्यवाहारिक शिक्षा जस्ता पाटोमा सुधार गर्दै गुणस्तरिय शिक्षामा जोड दिने महत्पुर्ण योजनालाई प्राथामिकताका साथ लागू गर्दै सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने र निजि विद्यालयको भन्दा उत्कृष्ट शैक्षिक जनसक्ति उत्पादन गर्ने योजना घोषणा पत्रमा उल्लेख गरिएको छ ।

यसका साथै पर्यटन विकासमा भुम्लुको धार्मिक स्थलको विकास ,जल पर्यटनको विकास जस्ता पक्षलाई ध्यान राखि आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउने योजना पनि समावेश गरिएको छ । मुलर्खक भिमसेनलाई साक्षी राख्दै गाउँपलिका ध्यक्षका उम्मेदवार लामाले समृद्ध भुम्लु बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।

चुनावी घोषणा पत्र सार्वजनिक गर्दै भुम्लुमा आफ्नो नेतृत्वको प्यानलले चुनाव जित्नेमा कुनै दुविधा नरहेको स्पष्ट पार्दै गाउँबासी आम जनतालाई ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्न अनुरोध गरेका छन ।

कार्यक्रममा पालिका उपाध्यक्ष पदका उमेदवार कल्पना श्रेष्ठ,नेता नकुल पराजुलि, सापिङ्ग वडाका अध्यक्ष पदका उमेदवार छत्र श्रेष्ठ, वडा सदस्यहरु गणेश बहादुर बुढाथोकि ,चन्द्र पहरि, विष्णुमाया तामाङ्ग ,जुनकिरि कामी ,लगायत एमाले कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस