मेयरका उम्मेदवारले नै छुवाछुत गरेको आरोप

म्याग्दी : म्याग्दी जिल्लामा काँग्रेस र माओवादी गठबन्धन दलले बाचा गरेको पाँच वर्ष भित्रमा छुवाछूत भेदभाव मुक्त बेनि नगर बनाउने योजना सार्वजनिक गरेका छन् । गठबन्धनले सार्वजनिक गरेको उक्त योजना अहिले विवादमा आएको छ ।

नेपाली काङ्ग्रेस बेनि नगरपालिका मेयरका उम्मेदवार चिरञ्जीवी शर्माले एक युवाले आफुलाई छुवाछूत गरेको भन्दै सामाजिक संजालमा स्टाटस लेखेर मेयर उमेदवार शर्मालाई आरोप लगाएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“ मेरो मस्तिष्कमा ताजै छ , ३ वर्ष पहिला म भाडाको कोठा खोज्न जादा पहिला छ कोठा भनी कोठा देखाएर ३००० भाडा कायम गरि सकेपछि, घर कहाँ हो , नाम के हो भनेर सोधि अन्तिममा सार्की हो भने थाहा पाएर कोठा नदिने व्यक्ति मेयरमा उठनुहुने चिरञ्जीवी शर्मा नै हो त । अनि अहिले आएर भोट माग्ने बेला बेनी नगरपालिका छुवाछूत मुक्त क्षेत्र बनाउछु भन्ने । अप्ठ्यारो लागेन बोल्न चिरञ्जीवी गुरु तपाईलाई । तैपनि शुभकामना छ है ।’

समाजिक संजाल फेसबुकमा एक युवाले ३ वर्ष पहिला कोठा खोज्दै जादा मेयर उम्मेदवार शर्माको घर पुगेको र कोठामा बस्ने कुरा पक्का भए पनि अनि आफू दलित हो भने थाहा पाए पछि कोठा नदिएको आरोप लगाउनु भएको छ । दलित भएकै कारण आफूमाथि भेदभाव तथा दुर्व्यवहार गरिएको उनी बताउछन । ती युवकले मेयरका उम्मेदवार शर्मालाई इकित गर्दै स्टाटस लेखे पछि फोन मार्फत र बिभिन्न माध्यम बाट दबाब आएसंगै सामाजि सन्जालबाट स्टाटस हटाएका छन ।

काँग्रेसबाट मेयरको उम्मेदवार बनेका बेनी नगरपालिका–१० पात्लेखेत निवासी शर्मा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि र अधिबक्ता समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस