नमोबुद्ध–३ को मुहार फेर्न हौसिए तिवारी : गाउँमै शिक्षा र रोजगारी

काभ्रे : वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लामा यतिबेला चुनावी गतिविधि तिब्र रुपमा अघि बढेको छ । उम्मेदवारहरु विकासी एजेण्डा लिएर जनताको घरदैलोमा व्यस्त भएका छन् । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ३ मा पनि चुनावी प्रचार–प्रसारका कार्यलाई तीब्र पारिएको छ । नमोबुद्ध नगरपालिका वडा नं ३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार रमेश तिवारी वडाको विकास गर्न हौसिएका छन् ।
नयाँ जोश जाँगर र नयाँ भिजनका साथ तिवारी विकासी एजेण्डा लिएर जनताको विश्वास जित्न जनताको घरदैलोमा पुगेका छन् । उनले गाउँमै शिक्षा र रोजगारीको योजनालाई पहिलो प्राथमिकतामा राखेका छन् । यससँगै व्यवसायिक कृषि, स्वास्थ्य, पूर्वाधार विकासका योजनाहरुलाई पनि उनले विकासी एजेण्डा समावेश गरेका छन् ।
वडामा स्थानीय सुशासन कायम गर्नुको साथै समातामूलक विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली काँग्रेसको चुनावी चिन्ह रुखमा मतदान गर्न उनले वडाबासी अपिलसमेत गरेका छन् ।