नमोबुद्ध–५को विकास गर्न लामा जोसिए : प्राथमिकतामा कृषि, शिक्षा र स्वास्थ्य
काभ्रे : स्थानीय तहको निर्वाचन संघारमै छ । काभ्रेमा निर्वाचन गतिविधिले तिब्रता पाएको छ । सानादेखि ठूला दलका उम्मेदवार चुनावी प्रचार–प्रसारमा व्यस्त भएका छन् ।
निर्वाचन नजिकिएसँगै जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ५ मा पनि चुनावी माहोल तातिएको छ । नमोबुद्ध नगरपालिका वडा नं ५ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार चमार सिं लामा पनि विकासी एजेण्डा लिएर जनताको घरदैलोमा पुग्ने गरेका छन् ।
वडाको सम्मुन्त विकास गर्न लामा जोसिएका छन् । आफ्नो क्षेत्रमा स्थानीय सुशासन कायम गर्ने प्रतिबद्धता जनाउँदै चुनावी मैदानमा लामा उत्रिएका छन् । वडाको विकासमा व्यवसायिक कृषि, गुणस्तीय शिक्षा र स्वास्थ्यलाई पनि उनले विकासी एजेण्डामा प्राथमिकतामा राखेका छन् । यसका साथै पूवाधारको विकाससँगै धार्मिक संरक्षण र पर्यटन प्रर्बद्धनलाई पनि आफ्नो एजेण्डामा समावेश गरेका छन् ।
वडामा समातामूलक विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेकपा एकीकृत समाजवदीको मतदान चिन्ह कलमा मतदान गर्न वडाबासी अपिलसमेत गरेका छन् ।
उनको नेत्तृत्वमा वडाको विकास गर्न तय गरिएको योजनाहरु यस प्रकारका छन् :
- भुगोल र जनसंख्याको आधारमामा नगरपालिकाबाट बजेट विनियोजन गराउनको निम्ति पहिलो प्राथमिकता हुनेछ ।
- मासिक वडाअध्यक्षसँग सेवाग्राही कार्याक्रम सञ्चालन
- सामुदायिक विद्यायलको गुणस्तर सुधार गरी प्राविधिको प्रयोग गरी पठनपाठन गर्न योजना तयार पार्ने
- मातृभाषामा शिक्षा कार्यक्रको सम्भाव्यता अध्ययन गरी लागु गर्न जोड दिने ।
- विद्यार्थी छात्रालाई स्यानिटरी प्याडको व्यवस्था गर्ने
- विद्यालयमा छुट्टाछुट्टै शौचालयको व्यवस्थापन गर्ने
- कानपुर क्याम्पसलाई बहुमुखी क्याम्पसमा विस्तार गर्ने
- महालेखाले औँल्याएका बेरुजुको अवस्था पहिचन गरी आर्थिक सुशासन कायम गर्ने
- समग्र वडाको पुर्वधार विकासको लागि एकिकृत विकास योजना लागु गरीने छ ।
- निम्न आय भएका घरपरिवारलाई विजुली र पानीको महसुलमा ५० प्रतिशत छुट दिने ।
- पुराना मठ, मन्दिर पार्टि पौवा, गुम्वाको संरक्षण र सम्र्बद्धन गरिनेछ ।
- ह्रेन्जेन दोर्ज दरवार पुननिर्माण गर्ने
- संस्कृतिक पर्यटनको माध्यमबाट आयआर्जनमा बृद्धि गर्ने
- व्यतिगत घटनादर्ता सेवा घरदैलोमा प्रवाह गरीनेछ ।
- युवा स्वरोजगार बृद्धि गर्न सीपमुलक तालिमको व्यवस्था गरीनेछ ।
- वडास्तरीय खेलकुद मैदान निर्माण गर्न पहल गरीनेछ
- कानपुर स्वास्थ्य चौकीको स्तरउन्नती गरी प्रसुती सेवा सञ्चाल गर्ने
- सुचनाको हकको प्रत्याभुति गराई सुशासन कायम गर्ने
- कृषि पेशालाई व्यवसायिक बनाई प्रबद्र्धन गर्न आधुनिक तालिम तथा कृषि औजार एवं उन्नत विउविजन उपलब्ध गराउने