राजस्व छल्नेमाथि उच्च निगरानी

काठमाडौं : सरकारले राजस्व छल्नेविरुद्ध उच्च निगरानी बढाएको छ । पछिल्लो समय अनुसन्धान तथा उच्च निगरानी बढाएको विभागले हरेक साता करोडौं रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएर विभिन्न अदालतमा मुद्दा दायर गरिरहेको छ ।

यसअघि गत ४ वैशाखमा मात्र भन्सार छलेर राजस्व चुहावट गर्ने विभिन्न फर्मका सञ्चालकहरु विरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरेको विभागले सोमबार पुनःनक्कली भ्याट बिल बनाएर राजस्व छल्ने दुईवटा फर्मका सञ्चालकविरुद्ध १९ करोड ३४ लाख ६५ हजार १ सय २० रुपैयाँ असुल गरी कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको छ ।

भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेस्ट यति इन्टरनेसनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरूले गलत तरिकाले मूल्य अभिवृद्धि कर (भ्याट) विजक खरिद गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस