गाउँ बस्ती टोल–टोलमा शान्ति रत्न : नगरको विकास गर्ने प्रयत्न
काभ्रे : स्थानीय तहको निर्वाचन २०७९ नजिकिएसँगै जिल्लामा चुनावी प्रचार–प्रसारलाई तिब्रता पारिएको छ । जिल्लाको बनेपा नगर प्रमुखका उम्मेदवार शान्ति रत्न शाक्यले पनि चुनाव केन्द्रित गतिविधिलाई तिब्रता दिएका छन् ।
नेपाली काँग्रेसबाट बनेपा नगर प्रमुख उम्मदेवार दिएका शाक्य यतिबेला चुनाव प्रसार–प्रसारका लागि जनताको घरदैलोमा पुग्दैछन् । चुनावी प्रचार–प्रसारसँगै अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिन नगर प्रमुखका उम्मेदवार शाक्य लगायत नेता तथा कार्यकर्तासँगै नगर/वडाका गाउँ बस्ती टोल–टोलमा पुगेका छन् । नगर विकासको प्रमुख एजेण्डा लिएर जनताको मन जित्न शाक्य गाउँदेखि सहरसम् शाक्य पुगेका छन् ।
बनेपा नगरको फोहरमैला व्यवस्थापन, खानेपानी,पुन्यमाता खोला बाढी नियन्त्रण, गुणस्तरीय शिक्षा स्वास्थ्य, ,सम्पदाको संरक्षण, पर्यटन प्रर्बद्धन, प्राकृतिक स्रोतको संरक्षण र उपयोग, आधुनिक र व्यवसायिक कृषि, सिचाई, नगरपालिका भित्र मौलाएको भष्ट्राचार नियन्त्रण जस्ता एजेण्डाका साथमा उनी मतदाताको घरदैलोमा पुगिरहेको छन् ।