रिभर फल्स पावर लिमिटेडले आइपिओ खुल्ला गर्ने
![](https://www.bethanchokkhabar.com/wp-content/uploads/2021/02/blue-ipo-bold-letters-podium_iFyiTU4uQ8-scaled-1-1400x650.jpg)
काठमडौँ : रिभर फल्स पावर लिमिटेडले खुल्ला गर्ने भएको छ । सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही वैशाख २८ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा २७ लाख ३० हजार कित्ता सेयर बिक्रीका लागि दरखास्त आह्वान गरेकोे छ । कम्पनीले कूल २७ लाख ३० हजार कित्ता सेयरमध्ये दुई प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात एक लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी २५ लाख ३८ हजार ९०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्काशन गर्ने शेयरमा सर्वसाधारणले यही वैशाख २८ गतेदेखि छिटोमा आगामी जेठ ४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन् । यो समयमा माग बमोजिम आवेदन नआए आगामी जेठ ११ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।