ट्राफिक प्रहरी काभ्रेको ‘चालकसँग पाँच मिनेट’ अनुशिक्षण कार्यक्रम

काभ्रे : जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक प्रहरी कार्यालय तथा मातहतका पोष्टहरुमा आज ‘चालकसंग ५ मिनेट अनुशिक्षण कार्यक्रम’ सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनिकरणका लागि ट्राफिक प्रहरी कार्यालय काभ्रेले ‘चालकसँग ५ मिनेट अनुशिक्षण कार्यक्रम’ सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए । उनका अनुसार विशेष गरेर दुई पाङ्ग्रे सवारी साधन दुर्घटना बढि भएको पाइएकाले कार्यालयले दुई पाङग्रे सवारीका चालकसंग ५ मिनेट अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

दुई पाङ्ग्रे सवारी चालकहरुको लागी तयार पारिएको चालकसँग ५ मिनेट अनुशिक्षण कार्यक्रममा सवारी साधन चलाउँदा चालकले ध्यान दिनुपर्ने कुराहरु, अपनाउनु पर्ने सावधानी, सडकको अवस्थाको विषयमा जानकारी गराउँदै पर्चा पम्पलेट समेत वितरण गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस