रोशीमा यात्रुबाहक बस र टाटा सुमो दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

काभ्रे : जिल्लाको रोशी गाउँपालिका वडा नं ११ मा यात्रुबाहक बस र टाटा सुमा दुर्घटना हुदाँ ५ जनाको मृत्यृु भएको छ ।

काठामाडौँबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नंवर प्लेटको यात्रुवाहक UP58T8181 नंवरको यात्रुबाहक बस र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ४२१० नंवरको टाटसुमो एक आपसमा ठोक्किएर दुर्घटना हुदाँ एक बालक सहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० वर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ वर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेका छन् ।

दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस