काभ्रे : स्थानीय तहको निर्वाचनको लागि जिल्लामा चुनावी प्रचार–प्रसारका गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लाको धुलिखेल नगरपालिका वडा नं २ मा चुनावी प्रचार–प्रसार कार्यक्रम अन्तर्गत संयुक्त गठबन्धनले जनतसँग उम्मेदवार कार्यक्रम सञ्चालन गरेको छ ।
नेकपा एमालेको राम्रो आधार क्षेत्र मानिएको धुलिखेल नगरपालिकामा आज संयुक्त गठबन्धनले आज जनतसँग उम्मेदवार कार्यक्रम सञ्चालन गरेको हो । । यो वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन छ । जनतसँग उम्मेदवार कार्यक्रमका लागि गठबन्धनकोतर्फ मेयर पदका उम्मेदवार दयासागर श्रेष्ठ, उपमेयर पदका उम्मेदवार निराजन जंगम सहित तीनै दलका नगरस्तरीय शीर्षस्थ नेताहरु वडा नम्बर दुईमा पुगेका थिए ।
घरदैलो पछि भएको कोणसभामा बोल्दै मेयर पदका उम्मेदवार श्रेष्ठले जनताले अनुभुति गर्ने गरी स्थानीय सरकार सञ्चालन गर्ने क्षमता गठबन्धन दलका उम्मेदवारसंग रहेको बताए । उपमेयर जंगमले भोट दिएर जिवय गराउन अपिल गर्दै कुनै पनि वडालाई पक्षपात पूर्ण व्यवहार नगर्ने बताए ।
गठबन्धन दलका उम्मेदवारहरुलाई भब्य स्वागत गर्दै त्यहाँका स्थानीयले एमालेको गड धर्मराएको संकेत दिएका छन ।























