घट्यो सुनचाँदीको मूल्य : कतिमा हुदैँछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ६ सयले घटेर प्रतितोला ९८ हजार रुपैयाँ निर्धारण गरिएको हो। जसको मूल्य अघिल्लो दिन प्रतितोला सुनको मूल्य ९८ हजार ६ सय कायम गरिएको थियो।

यस्तै, तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ। सुनको मूल्य घटेसँगै चाँदी पनि सस्तिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोलाको १३ सय ०५ रुपैयाँमा किनबेच भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस