धनकुटा : धनकुटामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा साँगुरीगढी–३ मदेन टोलका अन्दाजी ३८ वर्षीय ईन्द्रबहादुर याखा रहेका छन् । कुशेटारबाट मदेनतर्फ आँउदै गरेको याखाले चलाएको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रित भई गएराती पौने १२ बजे दुर्घटनामा परेको थियो ।
मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरी चौकी डाँडाबजारले जनाएको छ ।



















