अवैध काइनेट ढुंगा कारोबारमा संलग्न एक युवक पक्राउ
शुक्रबार, बैशाख २३, २०७९ | १२:३०:४५
जाजरकोट : अवैध काइनेट ढुंगा कारोबारमा संलग्न रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी छेडाचौर जाजरकोटबाट खटिएको प्रहरी टोलीले शिवालय गाउँपालिका—१ छेडाबजारबाट जुनिचाँदे गाउँपालिका–६ गर्खाकोट बस्ने वर्ष २२ का सुरत सिंहलाई शुक्रबार बिहान पक्राउ गरेको हो।
उनलाई शंकाको आधारमा शरीर र साथमा बोकेको झोला चेकजाँच गर्ने क्रममा काइनेट ढुंगा फेला परेको थियो। झण्डै ९ केजी ५४५ ग्राम उक्त काइनेट ढुंगासहित कारोबारी सिंहलाई कारबाहीका लागि खानी तथा भुगर्व विभागअन्तर्गत भूकम्प मापन केन्द्र वीरेन्द्रनगर पठाइएको प्रहरीले बताएको छ।