धुलिखेलमा गठबन्धनको संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिकामा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीको साझा गठबन्धनले संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आज कार्यक्रमकाबिच साझा गठबन्धनले संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

धुलिखेल नगरभित्र गरीबीको अन्त्य गर्ने,पशुजन्य,फलफूल तरकारीको उत्पादकत्व वृद्धिको लागि स्थानीय युवाहरुको सिप विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । व्यवसायिक कृषि प्रबद्र्धनका लागि कृषकलाई दुध तथा तरकारीमा अनुदान प्रदान गरिने योजना बनाइएको छ ।

त्यस्तै सबैको स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै स्वस्थ जीवन जिउने व्यवस्था गर्ने उल्लेख छ । सबै नागरिको स्वास्थ्य विमा गर्ने,घरघरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने,नेपाल सरकारबाट प्राप्त हुने निशुल्क औषधी घरघरमै पुर्‍याउन लगायतका प्रतिवद्धता गठबन्धन दलको छ ।

सार्वजनिक गरिएको प्रतिवद्धतापत्रमा आर्थिक,सामाजिक,भौतिक पूर्वाधार लगायतका विषयवस्तुलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यस्तै प्राकृतिक श्रोत वातावरण संरक्षण र विपद व्यवस्थापन र शुसाशन र संस्थागत विकास समेटिएका छन् ।

त्यसैगरी धुलिखेल नगरको सबै वडाहरुमा नियमित स्वच्छ खानेपानीको आपूर्ति गर्ने,हरेक वडामा खानेपानी भण्डारणको व्यवस्था गर्ने,नगरभित्रका पानीका श्रोतहरुको संरक्षण गर्ने,सडकहरु पैदलयात्रूमैत्री बनाउने लगाएतका प्रतिवद्धता सत्ता गठबन्धन दल धुलिखेलको छ ।

धुलिखेल नगरभित्र गरीबीको अन्त्य गर्ने,पशुजन्य,फलफूल तरकारीको उत्पादकत्व वृद्धिको लागि स्थानीय युवाहरुको सिप विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । कृषकलाई दुध तथा तरकारीमा अनुदान,काभ्रे,शारदा,शंखुमा रहेका सुन्तला खेतीमा परेको नकारात्मक प्रभाव हटाई नयाँ सुन्तला खेतीको विकास गरिने कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस