काभ्रे : जिल्लाको भुम्लु गाउँपालिकामा गठबन्धनले स्थानीय तहको चुनाव लक्षित कोणसभा सञ्चालन गरेको छ । गाउँपालिकाको वडा नं ७ स्थित फलाँटेमा शुक्रबार गठबन्धनले कोणसभा गरेको थियो । कोणसभालाई नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सांसद लक्ष्मण लम्सालले विशेष सम्बोधन गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै सांसद लम्सालले राजनीतिक मुद्दालाई संस्थागत गर्न गठबन्धन बनेको दाबी गर्दै पालिका अध्यक्ष पदका उम्मेद्ववार प्रेम भुजेल र उपाध्यक्ष पदका उम्मेद्ववार जितेन्द्र मान लामा (दावा) लाई अत्याधिक मत दिएर जिताउन अपिल गरेका थिए ।
एमालेको नेतृत्वमा भएको स्थानीय सरकारले जनताको भावना अनुसार काम गर्न नसक्दा जनतामा वितृष्णा जागेको सांसद लम्सालले बताए ।दुवै उम्मेद्ववार युवाको समेत प्रतिनिधित्व गर्ने भएकाले गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले जनाताको हित विपरित कुनै पनि काम नगर्ने ठोकुवा गरे ।



















