राजनितीमा थकान भन्ने शब्द हुँदैन भन्ने उदाहरण नै बने बिष्णुमणी
काभ्रे : राम्रो जागिर,राम्रै आम्दानी,खुसी र सम्पन्न परिवार । पारिवारीक सुखसयल त्यागेर पाँच बर्षअघि बडाअध्यक्ष बन्छु भनेर गाउँ फर्कदा धेरैले बिष्णुमणी नेपाललाई ‘मुर्ख’ को संज्ञा दिएका थिए । एमालेको शक्तिशाली संगठन तोड्न उनलाई निक्कै अप्ठारो थियो । २०७४ सालमा स्थानीय तह निर्वाचनमा गाउँका लागि केही गर्छु भनेर नेपाली कांग्रेसको तर्फबाट उम्मेदबार बने विष्णुमणी ।
नभन्दै चार पदमा एमाले विजयी भयो । वडाअध्यक्ष भने उनले जिते । चुनाव जितेपछि केही दिन निद्रा लागेन । जनताको विश्वासलाई कसरी सेवामा परिणत गर्ने भनेर दिनरात लागे । स्नातकोत्तरसम्मको पढाई । सामाजिक क्षेत्रमा लामो अनुभव । उनले त्यसलाई समृद्ध बडा बनाउन प्रयोग गरे । नेपाली कांग्रेसले मण्डन देउपुरमा चार वटा बडामा विजयी बनेको थियो । तर अरुभन्दा उनी अब्बल नै देखिए । योजना बनाए, कांग्रेस कम्युनिष्ट भनेनन् सफलताको एउटा मार्ग प्रस्तुत गरे । नभन्दै पाटीले समेत अपग्रेड गरायो ।
राजनितीमा थकान भन्ने शब्द हुँदैन भन्ने उदाहरण नै बने बिष्णुमणी । फलोअप अनि फलोअप त्यसले उनलाई सफल बनायो । भुकम्पपछिको जरजर भएको ठाउँमा केही नौला प्रयास थाले । कारितास नेपालसँगको समन्वयमा सबै घर तोकिएको समयमा पुरा गरे । एक घर एक धारालाई सबै घरमा पु¥याए । सो अभियानपछि मण्डनदेउपुर नगरपालिकाभरी फैलियो । सिंचाइको पोखरी बनाए । जिल्ला वनसँगको सहकार्यमा नेपालकै नमुना हरितपार्क बनाएर समुदायलाई हस्तान्तरण गरे । पक्की सडकमा जोड दिए । घर घरमै पुगेर बृद्धभत्ता बाँडे । आफ्नो निजी जग्गा स्वास्थ्य कार्यालयलाई दिएर नगरकै नमूना स्वास्थ्यचौकी बनाए ।
जसले निस्वार्थ भावनाले समाजसेवा गर्छ उसले सामाजिक र राजनीतिक जीवनमा पनि सफलता हात पार्छ । त्यसको उदाहरण पनि हुन विष्णुमणी । एमालेबाट जितेको मेयर अनि एमालेबाटै जितेको प्रदेश सभा र संघीय सांसद । तर गाउँको विकासका लागि उनले एक पटक हैन पटक पटक फओअप गरे । आफ्ना गाउँका पूर्व प्रशासक समाते । जसले जे गर्न सक्छ त्यसका लागि निरन्तर प्रयास गरे । फलस्वरुप उमादेवी माईको मन्दिर बन्यो । थामीडाडाँमा भ्यू टावर ।
चन्द्रमा पनि खोट देखिन्छ । चुनाव जितेको दिनदेखि उनले भनेका थिए म अध्यक्ष पदमा पुनः दोहोरिएर आउँदिन भनेर । उनले नभन्दै समयमै राजिनामा दिए ।
पार्टीले समय आएपछि हल्ला गर्ने र काम गर्ने मान्छे छुट्टाउँछ भनेजस्तै उनलाई गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले उपप्रमुखको उम्मेदबार बनायो । उनलाई भने पक्कै सहज छैन । सामाजिक र महिला आन्दोलनमा होमिएकी एक कर्मयोद्धा उम्मेदबार सरिता ढकाललाई पराजित गर्न । महिलाको भाग खोसेर उम्मेदबार बनेको आरोप गठबन्धनमाथि छ । तर मण्डनदेउपुरकै सबैभन्दा चर्चामा रहेका उम्मेदबार भने बनेका छन् । त्यसैले उनलाई मण्डनदेउपुरकै मणी भनेर सम्बोधन गर्न थालिएको छ ।