काभ्रे : जिल्लाको नमोबुद्ध नगरपालिकामा वैशाख २६ गतेदेखि अत्यावश्यक बाहेकका प्रभावित बन्द हुने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै वैशाख २६ गतदेखि नगरमा अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने बारे जानकारी गराएको छ ।
नगरपालिकाद्वारा प्रकाशित सूचना भनिएको छ, ‘कार्यालयका अधिकांश कर्मचारीहरु वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिएको हुदाँ २०७९ वैशाख २६ गतेदेखि निर्वाचन पश्चात मतगणनाको कार्य समाप्त नहुनजेलसम्मको लागि अत्यावश्यक बाहेकका सेवाहरु प्रभावित हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’























