काभ्रेमा आजदेखि मादक पदार्थ बिक्री वितरण र उपभोगजन्य कार्यमा प्रतिबन्ध

काभ्रे: जिल्लामा निर्वाचन समय अवधिभर मादक पदार्थ बिक्री वितरण र उपभोगजन्य कार्यमा प्रतिबन्ध लगाइएको छ । वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनलाई मर्यादित बनाउनको लागि जिल्ला प्रशासन कार्यालय काभ्रेले मादक पदार्थ बिक्री वितरण र उपभोगजन्य कार्यमा प्रतिबन्ध लगाउन सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले आईतबार जारी सूचनामा बैशाख २६ गतेदेखि वैशाख ३१ गते सम्ममादक पदार्थ बिक्री वितरण र उपभोगजन्य कार्य गर्न नपाईने उल्लेख गरिएको छ। निर्वाचनलाई केन्द्रित गरेर जिल्ला भर मादक पदार्थ बिक्री वितरण र उपभोगजन्य कार्य पूर्णरुपमा निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउन यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले काभ्रेले जनाएको छ ।