‘प्रथम समर कप फुटसल प्रतियोगिता २०७९’ सम्पन्न : ब्लाकमाण्डु बिजयी

काभ्रे : प्रथम समर कप फुटसल प्रतियोगिता २०७९’ सम्पन्न भएको छ । गैरलाभकारी तथा गैरराजनैतीक युवा संस्था बागमति प्रदेशको नयाँ युवा नयाँ सोच जिल्ला इकाई काभ्रेको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता शनिबार बनेपा नगरपालिका स्थित ‘बनेपा फुट्सल’मा सम्पन्न भएको थियो ।

नयाँ युवा नयाँ सोच काभ्रेका अध्यक्ष सुजन खत्रीको सभापतित्व र युवाप्रेमी साथै समाजसेवी रोशन श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको थियो । उक्त कार्यक्रममा समाजसेवी भेषराज ठकुरीको विशेष आतिथ्यता रहेको थियो भने काभ्रे फुटबल संघका विकास श्रेष्ठ, काभ्रे टाइम्सका हरी न्यौपाने, गुराँस लाइफ इन्स्योरेन्सका सी.ई.ओ रूपक केसी, बेथानचोक खबरका सुरज श्रेष्ठ, निरज श्रेष्ठ, गोल्डेन स्पोनका महेश गौतम लगायत सम्पूर्ण टीमहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम निराजन रेग्मीले सञ्चालन गरेका थिए । प्रतियोगितामा २८ किलो स्थित फुटबल क्लब ब्लाकमाण्डु प्रथम भएको थियो । ब्लाकमाण्डुलाई रु. ३०,००० नगद पुरस्कार साथै गोल्डेन इस्पोन तर्फ बाट फुड टिकट ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत भएको छ । त्यस्तै दोश्रो हुने टीम काठमाडौं स्थित सूर्य फुटबल क्लब रहेको छ । सूर्य फुटबल क्लबले रु.१५,००० नगद पुरसकार साथै ट्रफी, मेडल र सर्टिफिकेटद्वारा पुरस्कृत भएको छ र गोल्डेन इस्पोन तर्फ बाट फुड टिकट दोस्रो लाई दिइएको छ । साथै प्रतियोगितामा क्रमशः उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च स्कोरर युगेष श्रेष्ठ, दिपेश श्रेष्ठ र कैलाश लामिछाने भई उपाधी हासिल गरेका थिए ।

कार्यक्रमलाई गोल्डेन इस्पोन , हिमालय ए.सी. हाउस धुलिखेल, बनेपा वडा न.६, धुलिखेल जिप लाइन, गुराँस लाइफ इन्स्योरेन्स, प्ले ग्राउण्ड स्पोर्ट्स हाउस र बुडोल सामुदायकले प्रयोजना गरेको थियो । त्यस्तै स्वर्गिय अतरकाजी दिकपाल स्मृति कोष, माँ चण्डेश्वरी सप्लायस् र क्यास्टेल्लो काश्मिर काठमाडौंले समर्थक गरेको थियो । यसैगरी बेथानचोक खबर डट कम, काभ्रे टाइम्स, काभ्रे प्रेस, प्राइम एफएम १०४.५, नेपाली कलम, रेडियो एबीसी, सबैको समाचार.कम, रुटिन अफ काभ्रे बन्द उक्त प्रतियोगिताको मिडिया पार्टनर थिए । टुर्नामेन्ट बिहान ८ बजे बाट सुरु भई साझ ५ बजे सम्म सञ्चालन भएको प्रतियोगितामा १७ टिमहरू दर्ता भएका थिए ।

कार्यक्रमका प्रमुख अथिती रोशन श्रेष्ठले यस्ता खेलले मनोरञ्जन दिने मात्र नभई खेलाडीहरुको शारीरिक स्वास्थ्य कायम राख्ने बताउँदै स्थानीय तहका जनप्रतिनिधिले खेलकु क्षेत्रलाई विशेष प्राथमिकता दिएर सक्रिय खेलाडीहरुलाई अवसरहरु प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रमका सभापति सुजन खत्रीले देशको लागि राम्रो र उदाहरणीय खेलाडी काभ्रे जिल्ला बाट चिनाउनु पर्ने बताए । ‘काभ्रेबाट यस्ता खेलाडीहरू निस्कीउन जसले गर्दा काभ्रेलाई गौराबको ले शिर उचाल्न पाओस्,’ उनले भने, ‘युवाहरुलाई खेलकुद क्षेत्रमा सक्रिय बनाउनका लागि तालिम तथा प्रशिक्षण कार्यक्रमहरुको योजना बनाएका छौँ ।’

कोरोना महामारीका कारण आफ्ना पुर्वनिर्धारित नियमित कार्यक्रमहरु पछाडि धकेलिएता पनि संस्थाले आफ्नो सक्रियता नियमित राखेको कुरा नयाँ युवा नयाँ सोच जिल्ला इकाई काभ्रेका उपाध्यक्ष विश्वास पौडेलले बताए । उनका अनुसार आउने दिनहरुमा पनि यस्तै सक्रियताका साथ काभ्रे जिल्लाको विकासको निम्ती महिला, बालबालिका र खेलदुक सम्बन्धी नयाँ युवा नयाँ सोच काभ्रेले यसै कार्यहरु गर्ने योजना बनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस