धुलिखेल-७ को मुहार फेर्न आए देवजु

काभ्रे : वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लामा यतिबेला चुनावी गतिविधि तिब्र रुपमा अघि बढेको छ । उम्मेदवारहरु विकासी एजेण्डा लिएर जनताको घरदैलोमा व्यस्त भएका छन् ।
जिल्लाको धुलिखेल नगरपालिका वडा नं ७ मा पनि चुनावी प्रचार–प्रसारका कार्यलाई तीब्र पारिएको छ । धुलिखेल नगरपालिका वडा नं ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार दीपेन्द्र देवजु श्रेष्ठ वडाको विकास गर्न हौसिएका छन् ।
नयाँ जोश जाँगर र नयाँ भिजनका साथ देउजु विकासी एजेण्डा लिएर जनताको विश्वास जित्न जनताको घरदैलोमा पुगेका छन् । उनले शिक्षा, रोजगारीको योजनालाई पहिलो प्राथमिकतामा राखेका छन् । यससँगै व्यवसायिक, स्वास्थ्य, पूर्वाधार विकासका योजनाहरु, बजार ब्यबस्थापन, खेलकुदलाई प्राथमिकतालाई पनि उनले विकासी एजेण्डा समावेश गरेका छन् ।
वडामा स्थानीय सुशासन कायम गर्नुको साथै समातामूलक विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली काँग्रेसको चुनावी चिन्ह रुखमा मतदान गर्न उनले वडाबासी अपिलसमेत गरेका छन् ।