ढुक्क सगँ मतदान गर्न जानुस् : काभ्रे प्रहरी प्रमुख चक्रराज जोशी

काभ्रे : ढुक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले आग्रह गरेका छन । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लामा यतिबेला चुनावी गतिविधि तिब्र रुपमा अघि बढेको छ । निर्वाचनमा मत हाल्न जाने मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरीले जनाएको छ ।

मत खसाल्न जाने मतदाताले प्रयोग गर्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले मतादाताले निर्धक्क तथा ढुक्क भएर मतदान गर्न सबै मतदातासँग जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्र राज जोशीले आह्वान गरेका छन् ।

मतदाता हिँड्ने बाटोभरि नेपाली सेना, सशस्त्र प्रहरी तथा प्रहरीको मोबाइल गस्ती टोलीले गस्ती गर्ने भएकाले मतदाता सुरक्षित मतदानस्थल पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पाउने गरी सुरक्षा व्यवस्था कडा पारिएको विश्वास दिलाउँदै प्रहरी प्रमुख जोशीले मतदाताको मतदान गर्ने वातावरण बनिसकेकाले उत्साहपूर्वक मतदान गर्न आग्रह गरे ।

मतदान केन्द्रमा नेपाल प्रहरी, त्यसभन्दा बाहिर सशस्त्र प्रहरी र नेपाली सेना रहने गरी तीन घेरामा निर्वाचन सुरक्षा व्यवस्था मिलाइएको छ । मतदानस्थल र वरिपरि कुनै पनि अवरोध एवं अवाञ्छित गतिविधि हुन नदिन व्यापकरुपमा सुरक्षा कडा गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी जोशीले बताए ।

काभ्रेमा नेपाल प्रहरी ९७९ र म्यादी १६११ सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रमुख एसपी जोशीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस