काभ्रेमा चार दिन टिपर सञ्चालनमा रोक

काभ्रे : जिल्लामा चार दिन टिपर सञ्चालन गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना जारी गर्दै आज वैशाख २९ गतेदेखि बिहान ६ बजेदेखि जेष्ठ १ गते राती १२ बजेसम्मका लागि जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको हो ।

भोली वैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचन २०७९ लाई ध्यानमा राखी कार्यालयले आज २९ गतेदेखि ४ दिन ट्रिपर सञ्चालनमा रोक लगाएको हो ।निर्वाचन आयोगको वैशाख २२ गतेको निर्णय अनुसार काभ्रेमा भोली वैशाख ३० गते अति आवश्यक बाहेक सबै सवारी साधन बन्द गर्ने निर्णय गरेको कार्यालयबाट प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिन आन्तरिक रुपमा सञ्चालन हुने सबै प्रकारका सवारी साधन बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस