मंगलबार, फाल्गुण २६, २०८२
स्थानीय तहको निर्वाचनको लागि काभ्रेमा करिब ३ हजार सुरक्षाकर्मी परिचालन

काभ्रे : स्थानीय तह निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न काभ्रेमा आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । भोली वैशाख ३० गते सञ्चालन हुन गइ रहेको स्थानीय तहको निर्वाचनको लागि सुरक्षाका लागि काभ्रेमा करिब ३ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनको सुरक्षा मजबुद र प्रभावकारी बनाउन ९ सय ७९ नेपाली प्रहरी, ३ सय ९८ शसस्त्र प्रहरी, एक हजार ६११ म्यादी प्रहरी र नेपाली सेना गरी २ हजार ९ सय ८८ सुरक्षाकर्मी परिचालित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरीका साथै म्यादी प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन् ।

नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) को नेतृत्वमा एक प्रहरी नायव उपरीक्षकले दुई पालिकाको नेतृत्व गरेर सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । सबै स्थानीय तहमा मोबाइल टिम पनि परिचालन गरिएको प्रहरी प्रमुख जोशीले बताए ।

जिल्ला सुरक्षा समितिले जिल्लाका १९ मतदान केन्द्रलाई अति संवेदनशील, ५० मतदान केन्द्रलाई संवेदनशील र २ सय १२ मतदान स्थललाई सामान्य मानेर सोही अनुसारको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

त्यससँगै जिल्ला सुरक्षा समितिले जिल्लाका विभन्नि मतदानस्थलहरुमा पुगेर त्यहाँको आवश्यक तयारी सम्बन्धी जानकारी लिदै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाएको जनाएको छ । निर्वाचनका लागि जिल्लाका १ सय ८९ मतदान स्थलको ३ सय ८१ मतदान केन्द्रमा एक हजार ९०४ जना कर्मचारी खटिएका छन् । जिल्लामा ३ लाख ३ हजार ५६० मतदाता छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय