मतदान गर्न गाउँ फर्कनेको लर्को : एक सातामा पाँच लाखले छाडे काठमाडौं
बिहिबार, बैशाख २९, २०७९ | १६:११:५२
काठमाडौं : यहीँ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मतदान गर्न घर फर्किनेको संख्या बढेको छ। स्थानीय चुनावका लागि पछिल्लो एक सातामा काठमाडौं छाड्नेको संख्या ५ लाख नाघेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
बिहीबार पनि घर फर्किने सर्वासाधारणहरुको भीड देखिएको छ। भोट हाल्न जानेको सङ्ख्या बढेसँगै काठमाण्डौं उपत्यकामा चहलपहल कम भएको छ । पछिल्लो समय अधिकांश मतदाता राजनीतिक दलले व्यवस्था गरेको यातायातका साधनबाट गाउँ फर्किएका छन् भने कतिपय भाडाका सवारीसाधन र निजी गाडीमासमेत गइरहेका देखिएका छन् ।
मत हाल्ने दिन सरकारले सार्वजनिक बिदा दिएको, अर्को दिन शनिबार परेको र जेठदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयअनुसार आइतबार र सोमबारसमेत बिदा परेकाले पनि नागरिकहरु केही दिनको छुट्टी लिएरै गाउँ फर्किएका छन् ।