काभ्रे : जिल्लामा आज राती १२ बजेदेखि सवारी सञ्चालनमा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना जारी गर्दै आज राती १२ बजेदेखि भोली निर्वाचन समय अवधीभर जिल्लामा सवारी सञ्चालनमा निषेध गरिएको छ ।
भोली वैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचन २०७९ लाई ध्यानमा राखी कार्यालयले आज राती १२ बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाएको हो । निर्वाचन आयोगको वैशाख २२ गतेको निर्णय अनुसार काभ्रेमा भोली वैशाख ३० गते अति सवारी पास अनुमतिपत्र लिएका सवारी साधन बाहेकका अन्य प्रकारका सबै सवारी साधन बन्द गर्ने निर्णय गरेको कार्यालयबाट प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिन आन्तरिक रुपमा सञ्चालन हुने सबै प्रकारका सवारी साधन बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जानकारी दिए ।
























