मौन अवधिको पालना गर्न काभ्रे प्रशासनको अनुरोध
बिहिबार, बैशाख २९, २०७९ | १९:४३:०८
काभ्रे : जिल्ला प्रशासन कार्यालय काभ्रेले मौन अवधिको पूर्ण रुपमा पालना गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै मौन अवधिको पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको हो ।
प्रकाशित सूचनामा भनिएको छ, ‘वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोग नेपालद्वारा जारी गरिएको आचारसंहिता २०७८को प्रकरण १६ बमोजिम मौन अवधिमा पालना गर्नुपर्ने आचारणहरु उल्लंघन हुने गरी कोही कसैले पनि समूहगत भिडभाड, अनावश्यक हल्लाखल्ला र मौन अवधि वर्खिलाप हुने क्रियाकलापहरु नगर्न/नगराउन हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’
कही कतै कसैले यस सूचनाको वर्खिलाप हुने गरी गतिविधि गरे/गराएमा प्रचलित कानुन बमोजिम हदैसम्मको कारवाही हुने प्रकाशित सूचनामा उल्ल्लेख गरिएको छ ।