स्थानीय तहको निर्वाचन २०७९ आज हुदैँ

काभ्रे : स्थानीय तहको निर्वाचन २०७९ आज शुक्रबार हुदैँछ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। स्थानीय निर्वाचनका लागि काभ्रेमा ३ लाख ३ हजार ५६० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।

जसमा पुरुष १ लाख ५४ हजार १८३, महिला १ लाख ४९ हजार ३७५ र तेस्रो लिङ्गी २ जना मतदाता रहेका छन् । जिल्लाका १३ स्थानीय पालिकामा १ सय ८९ मतदान केन्द्र र ३ सय ८१ मतदान स्थल रहेको कार्यालयको जानकारी छ ।

मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मात्रै जान पाउनेछन्।

मतदान गर्न जाँदा आफ्नो परिचय खुल्ने कागजात लिएर जान निर्वाचन आयोगले सबैलाई अनुरोध गरेको छ। मतदाता नामावलीमा नाम भएका मतदाताले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनीपुर्जाको सक्कल प्रमाणपत्रमध्ये एक लिएर जान आयोगको अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस