
काभ्रे : स्थानीय तहको निर्वाचन २०७९ आज बिहान ७ बजेदेखि सुरु भइसकेको छ । निर्वाचनका लागि मतदान गर्न आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तालिका निर्धारण गरिएको छ ।
एक दिन मतदान गरेर पाँच वर्षलाई नेतृत्व चयन गर्ने जिम्मेवारी आम मतदाताको हातमा आइपुगेको छ। काभ्रेका १३ वटा स्थानीय तहको नेतृत्व गर्न ७ सय १ जनाका लागि २५ सय ४ जना जनप्रतिनिधी चुनावी मैदानमा उत्रिएका छन् ।
काभ्रेमा १३ वटा स्थानिय तहमा १ सय ३५ वडामा वडा अध्यक्ष र वडा सदस्य सहित एक वडामा ५ जनाका दरले काभ्रेमा १ सय ३५ वडाका लागि ६ सय ७५ जन जनप्रतिनिधी र १३ वटा पालिका प्रमुख र उपप्रमुख गरी २६ जना गरीकुल ७ सय १ जना जनप्रतिनिधीका लागि काभ्रेमा २५ सय ४ जना उम्मेदवार आज हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि सहभागि भएको प्रमुख निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए ।